पूर्वयुवराज पारस शाहको स्वास्थ्य चिन्ता जनक,अस्पताल भर्ना

|

माघ २२,डेस्क। पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । तर, मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको जनाइएको छ ।

उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित