धनुषा : मेयरको मनोमानीको कारण जनप्रतिनिधिहरुले गरे नगरपालिकामा तालाबन्दी

|

माघ २१,डेस्क। धनुषाको मिथिलाबिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मिथिलाबिहारी नगरपालिकाले गत वैशाख १० गतेमा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन निकालिएको थियो, तर अहिलेसम्म नतिजा प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले गोलमाल गरेको आरोप जनप्रतिनिधिहरुले लगाएका छन्।

करारमा कर्मचारीहरुको नतिजा प्रकाशन नभएको कारणले मिथिलाबिहारी नगरपालिकाको एम्बुलेन्स, जेसिबि लगायत अन्य सवारी साधनहरू कवारमा परिणत भइरहेको वडा नम्बर ८ का अध्यक्ष जिवछ यादवले जानकारी दिएका छ्न् ।

मिथिला बिहारी नगरपालिकाको वडा कार्यालयहरूमा कार्यालय सहयोगी नभएको कारणले काम गर्न एकदमै कठिनाइ/गाह्रो भइरहेको वडा नम्बर ९ का अध्यक्ष बिन्देशवर यादवले जानकारी दिएका छन्।

मिथिलाबिहारी नगरपालिकाको नगर प्रमुखलाई पटक पटक आग्रह गर्दा कुनै सुनवाई न भएपछि बाध्य भएर तालाबन्दी गरेका छौँ अध्यक्षहरुले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित