जलेश्वर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

|

माघ २१, डेस्क । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा दुई/तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।

जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता रहेको छ । तर ती कारागारमा ६ सय कैदीबन्दी राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले  कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताएका छन।

लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ ।

अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताए।

ती कैदीबन्दीका लागि कारागारभित्र केवल २४  कोठा, १५  शौचालय, सात ह्याण्डपाइप (कल) र छ धारामात्रै छन् ।

यसले कैदीबन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ । यस्ता थुप्रै समस्याहरू जलेश्वर कारागारभित्र रहेका छन्।

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित