चिली : जंगलमा जारी आगलागीमा ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

|

माघ २१, डेस्क । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका पनि व्यक्त गरेका हुन् ।

भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् । गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ ।

सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो ।

राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित