माघ २०,डेस्क। अर्घाखाँचीमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना भएको छ। दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६७९ नम्बरको जीप भिरालो सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ ।
दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याइएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो।





