माघ १६, डेस्क। पूर्व-पाकिस्तानी प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाहलाई आज विशेष अदालतले १० वर्ष जेल सजाय सुनाएको छ।
‘साइफर मुद्दा’मा मंगलबार विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको स्थानीय समाचार संस्था द डनले जनाएको छ।
सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना/सन्देश हो। खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ।
उक्त कागजातमा अमेरिकाले खानलाई प्रधानमन्त्रीबाट हटाउन धम्की दिइएको समाचार संस्था डनले जनाएको छ।






