जनकपुरधाम : परिक्रमा सडक भित्र माछामासु एवं मदिरा विक्री वितरणमा निषेध

|

माघ १६, डेस्क। पुन जनकपुरधामको परिक्रमा सडक भित्र माछामासु एवं मदिरा विक्री वितरणमा निषेध/रोक गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गत माघ १२ गते नै एक सूचना जारी गर्दै परिक्रमा सडक भित्र पशुपन्छि बध, माछा, मासु, अण्डा र मदिरा सेवा तथा विक्री वितरणमा रोक लगाएको जानकारी गराएका छन्।

बर्षो देखि चली आएको परम्परा र पवित्रता कायम गर्नुपर्ने भएकोले जनकपुरधाम उपमहानगरपालिकाको अन्तरगृह परिक्रमा सडक र सो क्षेत्रभित्र मिति २०८०/१०/१४ गते देखि नै लागु हुनेगरी कुनै पनि पशुपन्छि बध तथा माछा, मासु र अण्डा खरिदबिक्री वितरण एवं मदिरा सेवन विक्री वितरण नगरीदिनुहुन यस उपमहानगरपालिका स्थित सबै सरोकारवाला व्यवसायीहरुलाई यसै सूचना द्वारा सूचित गरिन्छ’ सूचनामा उल्लेख गरिएको छ ।

यदि अटेर गरे त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारवाही गर्ने समेत उपमहानगरपालिकाले चेतावनी दिएको हो।

 

चर्चित समाचार


भर्खरै प्रकाशित