आज न्यायाधीशको निधनपछि भोलि उच्च अदालत र मातहत अदालतमा बिदाको तयारी हुदै

|

माघ १६,डेस्क। उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको आज निधनपछि बुधवार (भोलि) मातहत अदालतमा बिदा दिने तयारी भएको छ ।

न्यायाधीश मरासेनीलाई मङ्गलवार बिहान हृदयघात भएपछि उपचारको क्रममा निधन भएको थियो ।

बहालवाला न्यायाधीशको निधनपछि बुधवार उच्च अदालत पाटन, उच्च अदालत पाटनको हेटौँडा इजलास र मातहतका जिल्ला अदालतहरूमा बिदा दिने तयारी गरिएको हो ।

शोक बिदाका लागि मङ्गलवार नै सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ । यद्यपि सतगतपछि मात्रै निर्णय हुने भएकाले भोलि बिहान मात्रै निर्णय सार्वजनिक गर्ने तयारी भएको सर्वोच्च अदालत श्रोतले बताएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित