प्रधानमन्त्री प्रचण्ड सँग बेलायती सेना प्रमुख स्याण्डर्सको शिष्टाचार भेटवार्ता

|

माघ १६, डेस्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले शिष्टाचार भेटवार्ता गरेका छन् ।

माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् ।

भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले बताए । दुई देशबिचको पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको उनले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित