माघ १६, डेस्क । हिजो रौतहट स्थित प्रहरीले ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले सोमबार साँझ दुई सय ९० लिटर घरेलु मदिरा नष्ट गरेको हो।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थानीय यमुनामाई गाउँपालिका ४ स्थित प्रहरीले उक्त अवैध घरेलु मदिरा अन्दाजी २९० लिटर सोमबार बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।





