धनुषा/हिन्दू सम्राटसेना : मन्दिरमा चोरी गर्नेलाइ कारवाही गर्न सडक आन्दोलन

|

माघ १५, डेस्क। हिन्दु मन्दिरहरुमा मुर्ति चोरीको घटना बढ्दै गएपछि हिन्दू सम्राट सेना प्रदर्शनमा उत्रेका छन्।

धनुषाको नगराइन नगरपालिका ९ स्थित माता रानी दरबार र हनुमान मन्दिरमा चोरी भएपछि हिन्दू सम्राट सेनाले बिरोध प्रदर्शन गरेको छ । जनकपुर–जटही छ लेन सडकमा टायर बालेर सम्राट सेनाका युवाहरूले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले हिन्दूराष्ट्र कायम गर, मन्दिरमा चोरी गर्ने अपराधीलाई तत्काल कारबाही गर जस्ता नाराहरु लगाएका छन् ।

हिन्दु सम्राट सेनाले जनकपुर-जटही सडक खण्ड घन्टौ अबरुद्ध गरि मन्दिरमा चोरी गर्नेलाइ कारवाही गर्न सडक आन्दोलन गरेका छन्। बिरोध प्रदर्शनमा उत्रेका हिन्दू सम्राट सेनाका राजेश यादवले आइतबार राति मन्दिरमा चोरी भएको बताए । माता रानी दरबारबाट दान पेटिका चोरी भएको उनले बताएका छन् । हिन्दु सम्राट सेना धनुषाका जिल्ला संयोजक राजुको अगुवाइमा सडक आन्दोलन भएको थियो।

प्रदर्शन पछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरीले तीन दिनभित्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाए पछि अहिले सडक सञ्चालनमा आएको छ। नगराइन नगरपालिका वार्ड न. ९ अवस्थित माता रानी मन्दिरको दाङ पेटी र हनुमान मन्दिरमा गए राती चोरी भएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित