माघ १५, डेस्क । पोल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशी छन् ।
सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताएका छन्।
जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले जानकारी दिएको हो।





