धनुषा : चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

|

माघ १५, डेस्क । मधेस प्रदेशको राजधानी जनकपुरधाममा चिसोको कारणले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको हो ।

जनकपुरधामको वडा नं १० जानकी चोक एरियामा अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने पुरुषको चिसोले मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले मृतक पुरुष जनकपुरधाममा विगत केही समय देखि मागेर खाने गरेको जानकारी दिएका छन ।

सडकमा नै मागेर खाने तथा सुत्ने गरेका कारणले चिसो लागेर उनको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताएका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित