माघ १४, डेस्क । स्कूल बसले ठक्कर दिएपछि एक युवक गम्भिर घाइते भएको छ ।
आज (आईतबार) धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्बता र नौयसविघाको बीचमा सो दुर्घटना हुँदा अन्दाजी २० बर्षिय सुरज झा गम्भिर घाईते भएका छन ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित सँचालनमा रहेको दर्शनीया बोर्डिङग स्कूलको ना १ क ४४८६ नम्बरको स्कूल बसले बा ५८ प ५५०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुर्घटनापछि टाउकोमा गम्भिर चोट लागेका झाको उपचारको लागि जनकपुर तर्फ ल्याईएको जनाईएको छ । अहिले बस र बसचालक तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





