माघ १४, डेस्क । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ। यश विषयमा थप अनुसन्धान भइरहेको हो ।





