माघ १४, डेस्क । काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ।
हिजो ( शनिबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको थिए ।
यसै क्रममा आज (आइतबार) यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो।





