आज उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

|

माघ १३, डेस्क । काठमाडौँ उपत्यकाको तापक्रम आज (शनिबार) यो वर्षको अहिलेसम्मकै कम भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।
तब केही बेला पछी मौसम पूर्वानुमान महाशाखाका अनुसार अघि बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।
‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भनिन्।

चर्चित समाचार


भर्खरै प्रकाशित