सन्दीप तामाङ लण्डनमा मृत फेला

|

माघ १३, डेस्क । ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला परेका छन् ।

लन्डनस्थित हेज क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।

उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

उनको शव बुझ्ने र नेपाल पठाउने वा बेलायतमा नै अन्त्येष्टि गर्ने सबन्धमा मृतकका परिवारसँग दूतावासले पहल गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित