हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

|

माघ १२, डेस्क । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई रहेका छन् ।

नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएको छ ।

राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ ।

यस विषयबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित