माघ १२, डेस्क । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटवार्तामा संयुक्त अधिराज्यका राजदूतको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा राष्ट्रपति समक्ष बेलायती प्रतिनिधि मण्डलले ब्रीज अफ गोर्खा सन् २०२३ को बार्षिक प्रतिवेदन पेस गरेको छ ।






