८ किलो गाँजा सहित २ जना पक्राउ

|

माघ १२, डेस्क ।गाँजा ८ किलोसहित २ जना पक्राउ परेका छन ।

कञ्चनपुर नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित