टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

|

माघ १२, डेस्क । गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित