१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

|

माघ १२, डेस्क । बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

खोटाङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। वराहपोखरी गाउँपालिका-२ का २० वर्षीय सन्तोष आलेमगर पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको हो।

आलेमगरविरूद्ध पुस २९ गते बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित