माघ १२, डेस्क । विशेष अदालतले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाललाई दोषी ठहर गरेको छ ।
मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा दायर मुद्दामा बिहीबार फैसला सुनाउँदै अदालतले भुसाललाई दोषी ठहर गरेको हो ।
त्यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, धनुषाका तत्कालीन प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई पनि अदालतले दोषी ठहर गरेको छ । दोषी ठहर भएका भुसाल र झालाई
अदालतले ३–३ महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना तोकेको छ ।





