माघ ११, डेस्क । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले बिहीबार (आज) घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दलाई नियन्त्रणमा लिएको हो ।
काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।
सात हजार घुस लिएको अवस्थामा र बाँकी ४५ हजार ९७५ स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ ।
नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन ।





