मधेश प्रदेश : आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

|

माघ ११, डेस्क । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका दुबै उम्मेदवार निर्वाचत भएका छन् ।

गठबन्धन घटक नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी निर्वाचित भएका हुन् ।

काँग्रेस नेता ढुंगाना अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका छन् । उनले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी बिजेता झाले २ हजार ४८४ मतभार पाइन् । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।

महिला कोटातर्फ गठबन्धनकै जसपाकी चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।

उनका निकटतम प्रतिद्वन्दी एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित