माघ ११, डेस्क । आज विशेष अदालतले मधेश प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
बिहीबार (आज) विशेष अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव यामप्रसाद भुसाल र इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो ।
उनीहरुलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला भएको विशेष अदालतको स्रोतले जानकारी दिएको छ ।





