कैलाली : करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

|

माघ १०, डेस्क । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् । खत्रीलाई थपउपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो तर चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।

करेन्ट के कति कारणले लागेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित