बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको दुर्घटनामा  मृत्यु

|

माघ १०, डेस्क । कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा  मृत्यु भएका छन्।

सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवा सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना हुदा उनको मृत्यु भएको हो। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।

यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित