म्यानमारको विमान भारतीय सीमामा दुर्घटना

|

माघ ०९, डेस्क। भारतीय सीमामा म्यानमार सेनाको विमान दुर्घटना भएको छ ।

दुर्घटनाको बेलामा विमानमा १४ जना सवार भएका थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।

विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो । यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ । अन्य १२ जनालाई भने सामान्य रहेको हो।

घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित