दार्चुला : दुई जना प्रहरीमाथि चक्कु प्रहार

|

माघ ०७,डेस्क। दुई जना प्रहरीमाथि दार्चुलामा चक्कु प्रहार भएको छ ।

श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् ।

जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित