माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

|

माघ ०७,डेस्क। काठमाडौँको माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरमा प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका १५ जना भन्दा नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिएको हो। प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।

लोकतन्त्रमा सिभिक स्पेस्को सङ्कुचन गर्न नहुने माग सहित हुनेहरु विरोध गरेका थिए ।
स्वेच्छाचारी विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोको निषेधाज्ञा हटाउनुपर्ने माग सहित विरोध गरेको संघका नेविसंघ केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए ।

चर्चित समाचार


भर्खरै प्रकाशित