कैलाली : सामुदायिक वनमा मृत अवस्थामा बाघ फेला

|

माघ ०७,डेस्क। कैलालीको वनमा मृत अवस्थामा एउटा बाघ फेला परेका छन्।

कैलालीको जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तब जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।

यस बिषयबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित