अयोध्या जाने रेल जयनगर सम्म आउदा अन्तत: रद्द

|

माघ ६,डेस्क। जनकपुरधामबाट श्रद्धालु बोकेर अयोध्या जाने रेल अन्तिममा रद्द गरिएको छ । भारत अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरबाट भोली विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने रेल सेवा रद्द भएको छ ।

भाडादर समेत तय गरी टिकटहरु काटिसकेको अवस्थामा अन्तिम समयमा अयोध्याबाट सुरक्षा सँयन्त्रले सुरक्षामा चुनौती देखाउँदै अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो ।

दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय गरिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित