मोटरसाइकल एकआपसमा ठक्कर हुदा एक जनाको मृत्यु, तिन जना घाइते

|

माघ ०६, डेस्क। मोटरसाइकल एकआपसमा ठक्कर हुदा एक जनाको मृत्यु। भने अन्य तिन जना घाइते भएका छन्।

बाराको फेटा गाउँपालिका-३ फेटा नहरस्थित सडकमा ना.५८ प १३३१ नम्बरको मोटरसाइकल र बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५८ प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका-३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

र यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित