चीन : बालबालिका पढ्ने स्कुलमा आगलागी, १३ जनाको मृत्यु, १ घाइते

|

माघ ०६, डेस्क। चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। भने एक जनाको अवस्था घम्भिर रहेको हो।
चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति हेनान प्रान्तको एउटा गाउँमा रहेको साना बालबालिकाको विद्यालयमा उक्त घटना भएको बताएको हो।

अंग्रेजी दैनिक चाइना डेलीका अनुसार निजी संस्थाद्वारा सञ्चालित यो विद्यालय नर्सरी र प्राइमरी कक्षाका बालबालिकाहरु पढ्थे।

आगलागीमा परी ज्यान गुमाउनेहरुको परिचय भने आधिकारिक माध्यमबाट खुल्न सकेको छैन र आगलागीको कारण पनि खुल्न सकेको छैन।

यस विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित