पालुखा जंगलमा चितुवा मृत फेला

|

माघ ०६, डेस्क। जंगलमा एक  चितुवा मृत फेला परेको हो।

गुल्मी जिल्लाको इस्मा गाउँपालिका- २ पालुखा स्थित जंगलमा मृत अवस्थामा एउटा चितुवा फेला परेको छ । चितुवालाई मृत फेला परेको देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीको जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताएको हो।

चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित