माघ ०५, डेस्क। आज बलिदानी दिवसको अवसरमा मधेश आन्दोनलका सहिद परिवार र घाइतेहरुलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
वीरगञ्जमा मधेश सरकारको गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले आयोना गरेको छैठौं बलिदानी दिवसमा सहिद परिवारलाई ३–३ लाख र घाइतेहरुलाई १ देखि २ लाख रुपैयाँसम्म सहयोग स्वरुप वितरण गरेको हो ।
गृह मन्त्री मोहम्मद समिमका अनुसार मधेश आन्दोलनका ६३ जना सहिद परिवारलाई ३–३ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । घाइते १०५ जना मधेश आन्दोलनका घाइतेहरुलाई प्रकृतिको आधारमा १ देखि २ लाख रुपैयाँ प्रदान गरिएको मन्त्री समिमतले बताए । साथसाथै सहिद परिवार र घाइतेलाई एक–एक थान बल्यांकेट र सम्मान पत्र समेत प्रदान गरिएको छ ।





