माघ ०५, डेस्क। विद्युत सर्ट भई गएराति एउटा घरमा आगलागी हुदा एक जनाको मृत्यु भएको हो।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी ४१ वर्षीया श्रीमती सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर, पसल, मोटरसाइकल, करिब नगद १० लाख रूपैयाँ समेत जलेर करिब १ करोड ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीलेजानेको हो।
स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएर यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





