माघ ०५, डेस्क। राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको करिबमा २ करोड रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध दुई करोड रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र अन्य दुई जना सहयोगीहरु छन् ।
ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको हो।
पक्राउ परेकाहरुविरुद्ध शुक्रबार (आज) थप अनुसन्धानका लागि हिरासतमा राख्न र थप म्याद लिने विभागको तयारी रहेको हो।





