दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते

|

माघ ०५, डेस्क। आज बिहान दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बिहान महेन्द्रनगरतर्फ बाटआइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित