जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै साहुलाई मिटरब्याजपीडितले कुटियो

|

माघ ०४, डेस्क । जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै एक साहु लाई कुटिएका छन् ।

बिहीबार (आज) मिटरब्याजपीडितहरूले कार्यालयभित्रै साहु सूर्यकुमार यादवलाई कुटपिट गरेका हुन् । मिटरब्याजको विषयमा छलफलका क्रममा मिटरब्याजपीडितहरुले कुटपिट गरेपछि उनी घाइते भएका छन् ।

ऋणी राजकुमार महतो र धनी यादवबीच लेनदेनको विषयलाई लिएर भानाभान भएको थियो । त्यस क्रममा मिटरब्याज पीडितहरुले हातपात गरेका थिए ।

यादवबाट महतोले शुरूमा सात लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन–तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनका लागि पटक–पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित