माघ ०४, डेस्क। आज बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। स्टेजमा उक्लिने क्रममा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।
बिहीबार (आज) दिउँसो करिब २ बजे बागलुङ सदरमुकाममा आफ्नो अभियानको कार्यक्रममा सहभागी हुँदा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।
ती पुरूषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिएको हो। पक्राउ पर्नेमा बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम रहेका छन्। गौतमले किन हातपात गरेका थिए भन्ने खुलसा नभएको डिएसपी केसीले बताए।





