माघ ०४, डेस्क। बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सुन्दरहरैंचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई पक्राउ गरेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार (हिजो) दिउँसो पक्राउ गरेको हो।
चौधरीविरूद्ध पुस १३ गते आफ्नै घरमा ल्याई बलात्कार गरेको आरोपमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो।





