राममन्दिरको प्राण प्रतिष्ठाको दिन जनकपुरधामको घर घरमा दीप प्रज्वलन गर्न आग्रह

|

माघ ४,डेस्क। भारतको उत्तर प्रदेश अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न जनकपुरधामले आग्रह गरेको छ । अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठा (गृह प्रवेश) हुँदै छ ।

जनकपुरधामका मेयर मनोजकुमार साहले बुधबार एक सूचना जारी गर्दै सो दिन घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न नगरबासीमा अपिल गरेका हुन् ।

‘प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै जनकपुरधाम नगरवासीहरु पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ’, मेयर साहले जारी गरेको सूचनामा अपिल गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित