भारतीय क्रिकेटर धोनी विरुद्ध मानहानिको मुदा दायर

|

माघ ०३, डेस्क। भारतीय क्रिकेटर धोनी विरुद्ध मानहानिको मुदा दायर भएको हो।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीविरुद्ध आफ्ना दुई पूर्वव्यापार साझेदारले मानहानिको मुद्दा दायर गरेका छन्।

यो मुद्दा धोनीका पूर्व व्यापार साझेदार मिहिरा दिवाकर र सौम्या दासले दायर गरेका हुन्।

उक्त मुद्दा दिल्ली उच्च अदालतमा दर्ता भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार न्यायमूर्ति प्रतिभा एम सिंहले यो मानहानि याचिकाको सुनुवाइ जनवरी १८ मा गर्नेछिन्।

चर्चित समाचार


भर्खरै प्रकाशित