गौशाला २६ को तस्वीर सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले गरे पक्राउ

|

माघ ०३,डेस्क। क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुदाको कसूरमा दोषी ठहर भएपछि पीडित गौशाला २६ को तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोका अनुसार संखुवासभाका ३२ वर्षीया केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको ब्यूरोले जनाएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित