इंडिया : प्रेमिकाको परीक्षा दिन केटिकै लुगा लगाएर पुगेका युवक पक्राउ

|

माघ ०३, डेस्क। भारतको पञ्जावमा एकजना युवकले आफ्नो हुलिया युवतीको जस्तो बनाएर परीक्षा हलमा पुगेका बेला समातिएका छन्।

उनी आफ्नी प्रेमिकाको नाममा परीक्षा दिन पुग्दा अनौठो तरिका अपनाएका थिए। केटाबाट केटीको स्वरुपमा त परिणत भए नै त्यससँगै उनले लुगा पनि प्रेमिकाकै लगाएका थिए। तर उनको मिहिनेतले काम गरेन, परीक्षा हलमा पुगेपछि उनी प्रहरीको फन्दामा परे। आफ्नी प्रेमिकाको साटो परीक्षा दिन केटीको हुलियामा पुगेका ती युवक अहिले समातिएर प्रहरीको हिरासतमा छन्।

यही ७ जनवरीमा पञ्जावको कोटकपुरास्थित डीएभी पब्लिक स्कुलमा बाबा फरिद विश्वविद्यालय हेल्थ साइन्सेजद्वारा आयोजित स्वास्थ्यकर्मीको भर्ना परीक्षा हुँदै थियो।

२५ वर्षीय अंग्रेज सिंह नामका ती युवक उक्त परीक्षामा सहभागी हुन युवती बनेर पुगे। समाचार अनुसार अंग्रेज सिंहसँग नक्कली भोटर कार्ड र नक्कली आधार कार्ड पनि बरामद भएको छ।

अंग्रेज सिंह रातो चुरा, रातै टीका र लिपस्टिकसहित मेकअपले सजिएका थिए। त्यति मात्रै थिएन, उनले त आफूलाई युवती देखाउन प्रेमिकाको लुगा नै लगाएका थिए।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित