माघ ०३, डेस्क । केहि दिन यता देशभरका ठाउँ ठाउँहरुमा लम्पी स्किन रोग देखा परेको थियो। नेपाल पशु चिकित्सा परिषद्का अनुसार उक्त रोगबाट ७६ अर्ब ४ लाख रुपैयाँको क्षति भएको हो ।
पशु स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ । मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ रहेको परिषद्ले जनाएको छ । देशभर १७ हजारभन्दा बढी पशु चौपाया अझै लम्पी स्किन सक्रिय सङ्क्रमित छन् ।
विभागका अनुसार देशभर कुल गाईभैँसीको सङ्ख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु सङ्क्रमित भएका थिए । सङ्क्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १२ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।





