न्यायाधीश भुवन गिरी विरुद्ध दायर रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परे

|

माघ ०३, डेस्क । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन (आज) बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ ।

निवेदनमाथि न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा उक्त पेसी तोकिएको थियो ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको थियो । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।

दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित